coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

एघार जनामा सङ्क्रमण पुष्टि

देशभर पछिल्लो २४ घण्टामा थप ११ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय तीन हजार ३० को परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो।

यससँगै नेपालमा पिसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या नौ लाख ७९ हजार ६२ पुगेको छ। एन्टिजेन परीक्षण विधिबाट सङ्क्रमितको सङ्ख्या एक लाख ४० हजार २०९ रहेको छ। पछिल्लो समय थप १२ सङ्क्रमणमुक्त भएका छन्। यससँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ६६ हजार ९६२ पुगेको छ।  

 नेपालमा यस सङ्क्रमणबाट हालसम्म मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५२ पुगेको छ। हाल सक्रिय सङ्क्रमितको सङ्ख्या १४८ रहेको छ। होम आइसोलेशनमा १४८ रहेका छन् भने आईसीयु र भेन्टिलेटरमा एक/एक जना रहेको बताइएको छ।

प्रकाशित: ७ जेष्ठ २०७९ १३:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App