coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

थप १२ जनामा सङ्क्रमण

कोरोना भाइरसको सङ्क्रमण आज १२ जनामा मात्र देखिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा तीन हजार ६२७ जनामा कोरोना परीक्षण गर्दा १२ मा सङ्क्रमण देखिएको हो।

मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या १५० रहेका छन्। पछिल्लो समय नौ जना कोरोनाबाट निको भएर घर फर्किएका छन्। योसँगै निको हुनेको सङ्ख्या नौ लाख ६६ हजार ९३८ पुगेको छ। निको हुने दर ९८.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।

आज सङ्क्रमणबाट कसैको पनि निधन भएको छैन। शून्य सङ्क्रमित भएको ३१ जिल्ला पुगेका छन्। नेपालमा सङ्क्रमण दर १७.२ प्रतिशत छ। नेपालमा प्रतिदश लाखमा ३९३.४ को निधन भएको छ। हाल होम आइसोलेसनमा १५० जना रहेका छन्।

प्रकाशित: ५ जेष्ठ २०७९ १४:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App