७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

थप चारमा कोरोना सङ्क्रमण पुष्टि

देशभर पछिल्लो २४ घण्टामा थप चार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा दुई हजार ८१७ जनाको नमूना परीक्षण गरिएको थियो। दुई हजार ४६३ जनाले पीसीआर र ३५४ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा १८ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन्। यससँगै सङ्क्रमण मुक्त हुनेको सङ्ख्या नौ लाख ६६ हजार ८५७ पुगेको छ। निको हुने दर ९८ दशमलव आठ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।

कोभिडविरुद्धको खोप लगाउनेको सङ्ख्या पछिल्लो २४ घण्टामा २१ हजार १७९ रहेको छ। हाल सक्रिय सङ्क्रमितको सङ्ख्या १७३ रहेको छ। अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५२ पुगेको छ । होम आइसोलेशनमा १७२ र संस्थागत आइसोलेशन एक जना सङ्क्रमित रहेका छन्।

हाल देशभरमा दुई सयभन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्ला कुनै पनि छैनन्। शून्य सङ्क्रमित रहेका जिल्लामा ओखलढुङ्गा, खोटाङ, सोलुखुम्बु, पाँचथर, सङ्खुवासभा, तेह्रथुम, धनकुटा, पर्सा, सप्तरी, रौतहट, दोलखा, मनाङ, मुस्ताङ, रुकुम पूर्व, कपिलवस्तु, जाजरकोट, जुम्ला, डोल्पा, हुम्ला, रुकुम पश्चिम, कालिकोट, मुगु, बाजुरा, दार्चुला, बझाङ र डढेलधुरा रहेका छन्। उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा ४४, ललितपुरमा आठ र भक्तपुरमा दुई सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ। रासस

प्रकाशित: २९ वैशाख २०७९ १३:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App