४ वैशाख २०८१ मंगलबार
स्वास्थ्य

थप चौध जनामा कोरोना सङ्क्रमण

कोरोना भाइरसको सङ्क्रमण आज १४ जनामा देखिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनअनुसार दुई हजार ७१६ जनामा कोरोना परीक्षण गर्दा १४ जनामा सङ्क्रमण देखिएको छ।  

मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या २०५ जना रहेका छन्। पछिल्लो समय २१ जना कोरोनाबाट निको भएर घर फर्किएका छन्। योसँगै निको हुनेको सङ्ख्या नौ लाख ६६ हजार ७६८ पुगेको छ । निको हुने दर ९८ दशमलव ८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।

आज सङ्क्रमणबाट कसैको पनि निधन भएको छैन। शून्य सङ्क्रमित भएको ३० जिल्ला पुगेका छन्। नेपालमा सङ्क्रमण दर १७ दशमलव ३ प्रतिशत छ। नेपालमा प्रति १० लाखमा ३९३ दशमलव ४ जनाको निधन भएको छ।  

हाल होम आइसोलेशनमा २०२ र संस्थागत आइसोलेशनमा तीनको उपचार हुँदैछ। विगत २४ घण्टामा ६९ हजार ६५६ जनाले खोप लगाएका छन्। रासस

प्रकाशित: २४ वैशाख २०७९ १०:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App