coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

डब्ल्यूएचओका महानिर्देशकद्वारा खोपकेन्द्रको अवलोकन

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयससले ललितपुरको पाटन माध्यामिक विद्यालयस्थित खोपकेन्द्रको अवलोकन गरेका छन्।

शुक्रबार महानिर्देशक गेहब्रेयससले पाटन माध्यामिक विद्यालयस्थित खोपकेन्द्रको अवलोकन गरेका हुन्। खोपकेन्द्रबाट अहिले १५ महिनाभन्दा माथिका र १५ वर्षभन्दा कम उमेर समूहका बालबालिकालाई टाइफाइडविरुद्धको खोप सञ्चालन भइरहेको छ। गत चैत्र २५ गतेबाट सरकारले देशभरका विभिन्न विद्यालयका खोपकेन्द्र स्थापना गरी टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन गरिरहेको छ। यो अभियान वैशाख १८ गतेसम्म सञ्चालन हुनेछ।

त्यस्तै सरकारले खोपकेन्द्रहरुबाट टाइफाइडविरुद्धको खोप र कोरोनाविरुद्धको खोप पनि सञ्चालन गरिरहेको जनाएको छ। खोपकेन्द्र अवलोकनका क्रममा महानिर्देशन गेहब्रेयससले ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनसँग भेट गरेका थिए। भेटपछि सञ्चारकर्मीहरुसँग बोल्दै मेयर महर्जनले महानिर्देशक गेहब्रेयससले नेपालले कोभिड १९ विरुद्ध सफलता पाएको र सोही कामको अवलोकन गरेको बताए। उनले ललितपुर महानगर क्षेत्रमा रहेको खोपकेन्द्रको अवलोकन गर्नु आगामी दिनमा नेपाल र ललितपुर महानगरपालिकालाई जनस्वास्थ्यको क्षेत्रमा सहयोगका लागि छलाङ मार्ने अवसर हुने बताए।

मेयर महर्जनले भेटका क्रममा महानिर्देशक गेहब्रेयससले आगामी दिनमा नेपालको जनसवस्थ्यको क्षेत्रमा थप सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको जानकारी दिए। सरकारले गत वर्षको चैत्र २५ गतेदेखि देशभरका विभिन्न विद्यालयहरुमा खोपकेन्द्र राखेर टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन गरिरहेको छ। खोप अभियानको पहिलो चरणमा सरकारले १५ महिनाभन्दा माथि र १५ वर्षभन्दा मुनिका बालबालिकाहरुलाई लक्षित गरेर खोप अभियान सुरु गरेको छ। यो अभियानमा लगभग ७५ लाख बालबालिकाले लाभ लिने सरकारको अनुमान छ।

प्रकाशित: ९ वैशाख २०७९ ११:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App