coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

निःशुल्क आँखा जाँच शिविर सम्पन्न

रजनाी सचेतना नेपाल फाउन्डेसनले आज शनिबार काठमाडाैंस्थित गोगंबुको कामना माध्यमिक विद्यालयमा निःशुल्क आँखा जाँच शिविर कार्यक्रम सम्पन्न गरेकाे छ। कार्यक्रम विहान ८ बजेदेखि दिउँसो २ बजेसम्म चलेकाे थियाे। उक्त शिविरमा आँखाको विशेष जाँच गरिएको थियो भने निःशुल्क मोतिबिन्दुको शल्यक्रिया, निःशुल्क औषधि एवम् चस्मा वितरण गरिएकाे थियाे।

 शिविरमा विभिन्न संघ संस्थाको संयोजक तथा सहयोगमा भएको थियो। सहयोगी संस्थाहरु तिलगंगा आँखा अस्पताल, काठमाडौं सटर व्यवसायी संघ, बानियाँटार युवा समाज,  भण्डारी टोल युवा क्लब, नेपाली होटल व्यवसायी संघ, महिला उपकार समाज सुधार मन्च, पञ्चकुमारी युवा क्लब, काठमाडौं होटल व्यवसायी संघ, समाज उत्थान महिला मञ्च नेपाल रहेका थिए।  

रजनी सचेतना नेपाल फाउण्डेशन फेब्रुवरी २०१७ मा युवा नेता रजनी थापाको सक्षम नेतृत्वमा स्थापना भएको थियो। यो एक गैर नाफामुलक र गैरराजनीतिक, गैर–सरकारी संस्था हो। यसको एउटै उदेश्य नेपाली जनताको सेवा गर्नु तथा सामाजिक, सांस्कृतिक, शैक्षिक तथा स्वास्थ्य सम्वन्धी सचेतना जगाई समृद्ध समाज निमार्ण गर्नु कार्यक्रममार्फत जनाइएको थियो।

यस्तै, स्थापनाकालदेखि, फाउन्डेसनले महिला, बालबालिका र राज्यको मुल प्रवाहमा आउन नसकेका परिवारहरुलाई सुसंगत सुरक्षा प्रदान गर्ने र सचेत गराउने कार्य गर्दै आईरहेको दाबी गरेको छ। साथै, फाउण्डेशनले टोखा नगरपालिकाको प्रत्येक वडा र स्याङ्जाको गल्याङ् नगरपालिकाको भानुभक्त आचार्य माध्यमिक विद्यालयमा विभिन्न सचेतनामुलक कार्यक्रम सञ्चालन गरेको कार्यक्रममा बताइएको छ।

यस्तैगरी, फाउण्डेशनले टोखा नगरपालिकाका विभिन्न वडाहरूमा जेष्ठ नागरिकहरूका लागि निःशुल्क स्वास्थ्य परीक्षण सफलतापूर्वक सम्पन्न गरेको छ। साथै अन्य स्थानमा समेत स्वास्थ्य शिविर संचालन गरेको थियो,  जहाँ सामान्य जाँच, सुगर र रक्तचाप परीक्षण, बालरोग परामर्श र निःशुल्क औषधिको निःशुल्क परामर्श गरिएको जानकारी दिए। शिविरबाट करिब २ सय जना लाभान्वित भएको फाउन्डेशनले दाबी गरेको छ।

प्रकाशित: २० चैत्र २०७८ ०७:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App