१६ चैत्र २०८० शुक्रबार
स्वास्थ्य

एकै दिन १५ जना संक्रमितको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर ८ हजार १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार १५ हजार ७३६ जनाको पीसीआर परीक्षण गर्दा ५ हजार ८१६ जना र ६ हजार ७२ जनाको एन्टीजेन परीक्षण गर्दा २ हजार २०१ जना गरी सो संख्यमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।

यस्तै, २४ घन्टामा १५ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएाके छ।  

सोही क्रममा ५ हजार २९२ जना कोरोना संक्रमण मुक्त भएका छन् भने हाल देशभरमा ९० हजार ५७६ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्।

प्रकाशित: १३ माघ २०७८ १०:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App