८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

संक्रमण दर ४१.५ प्रतिशत

गत चौबिस घण्टामा नेपालमा कोरोना संक्रमण दर ४१.५ प्रतिशत रहेको छ। अघिल्लो दिनको तुलनामा संक्रमण दर ५ प्रतिशत बिन्दुले कम हो। गत चौबिस घण्टामा परीक्षण भएका कुल २० हजार ३ सय ५९ वटा नमुनामध्ये ८ हजार ४ सय ५४ जनामा कोरोना पुष्टि भएको हो।

गत चौबिस घण्टामा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ। थपसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ६ सय ७२ पुगेको छ। यीसहित हाल नेपालभर ९० हजार ६७ जना सक्रिय संक्रमित पुगेका छन्। ती मध्ये ८८ हजार २ सय ४८ जना होम आइसोलेसन, १ हजार ८ सय १९ जना संस्थागत आइसोलेसन र २ सय ५१ जना आइसियु र ४८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

कोरोना महामारीको दोस्रो लहरको तुलनामा तेस्रो लहरमा मृत्यु, अस्पताल भर्ना दर, आइसियु भर्ना र भेन्टिलेटर भर्नामा पाँच प्रतिशतका दरले कमी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। बुधबार नियमित पे्रस ब्रिफिङका क्रममा राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. कृष्णप्रसाद पौडेलले भने, ‘अस्पताल भर्ना दर कम रहे पनि हामी सजक हुन छोड्नु हुँदैन।’  

छुटेका बालबालिकालाई विद्यालयमै खोप 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माघ १२ देखि छुटेका बालबालिकालाई विद्यालय खुलाएर खोप अभियान जारी राख्ने जनाएको छ। अर्को निर्णय नभएसम्म खोप अभियानको लागि मात्र विद्यालय खुलाउने मन्त्रालयले जनाएकाे छ।

प्रकाशित: १३ माघ २०७८ ०१:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App