१६ चैत्र २०८० शुक्रबार
स्वास्थ्य

मौसम पूर्वानुमान शाखाका ८ मौसमविद्लाई कोरोना संक्रमण

जल तथा मौसम विभागको मौसम पूर्वानुमान शाखाका ८ जना मौसमविद्लाई कोरोना संक्रमण पुष्टि भएको छ। त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यालय रहेको सो शाखाका ११ जनामध्ये ८ जना संक्रमित भएर होम आइसोलेसनबाट काम गरिरहेका छन्।

अधिकांश मौसमविद्लाई संक्रमण भएपछि कार्यालयको फोन उनीहरुको मोबाइलमा डाइभर्ट गरिएको जनाएको छ। मौसम सम्बन्धी कुनै जिज्ञासा आए घरबाटै जवाफ दिने गरेका छन्।  

प्रत्येक आधा–आधा घण्टामा हवाई उडान कार्यालयलाई मौसमबारे जानकारी गराउने, प्रत्येक छ–छ घण्टामा अन्तर्राष्टिय उडानका लागि मौसम रिपोर्ट दिनुपर्ने मौसमविद्हरुको नियमित काम हो। देशको कुनै क्षेत्रमा भिआइपी जाँदै गरेको तथा सुरक्षाकर्मीले उद्धारमा जानुपर्ने क्षेत्रको मौसमको अवस्था बुझ्ने लगायतका कामहरु मौसम पूर्वानुमान शाखाको नियमित कामको रुपमा रहेका छन्।  

गत माघ १ गतेदेखि शाखाका मौसमविद् हरु लगातार संक्रमित भएका हुन्। 

प्रकाशित: ९ माघ २०७८ ०९:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App