८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

थप १० हजार ७०३ जनामा कोरोना संक्रमण, तीनको मृत्यु

पछिल्लो २४ भन्टामा देशभर १० हजार ७०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएकाे छ। स्वास्थ्य मन्त्रालयका अनुसार १८ हजार ६१८ जनाको पिसिआर परीक्षणमा ८ हजार ८१५ र ४ हजार ४७४ जनाको एन्टिजेन परीक्षणमा १ हजार ८८८ जना गरि सो संख्यामा संक्रमण पुष्टि भएको हो।

यस्तै, २४ घन्टामा कोरोनाबाट तीन जनाको मृत्यु भएकाे छ। भने सोही क्रममा ७ सय ६६ जना संक्रमणमुक्त भएका छन्।  

यसैगरि, हाल देशभर सक्रिय संक्रमितको संख्या ६५ हजार ३७४ रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित: ७ माघ २०७८ १०:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App