वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा कोरोना संक्रमित एक युवाको मृत्यु भएको छ।
महोत्तरीका ३० वर्षीय युवाको प्रतिष्ठानको कोभिड अस्पतालमा मृत्यु भएको हो। प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलका अनुसार गए राती १० बजेर ४७ मिनेटमा उनको मृत्यु भएको थियो।
उनलाई माघ ५ गते संक्रमण पुष्टि भएको र सोही दिन कोभिड अस्पतालमा भर्ना गरिएको प्रतिष्ठानले जनाएको छ। उनको शवको व्यवस्थापन नियम अनुसार भएको पनि सहप्रवक्ता डा.पोखरेलले जानकारी दिए।
प्रकाशित: ७ माघ २०७८ ०७:४० शुक्रबार