coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

रेडक्रसद्वारा प्रादेशिक अस्पताललाई भेन्टिलेटरसहित उपकरण प्रदान

नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेशले कोरोनालाई मध्यनजर गरी लुम्बिनी प्रादेशिक अस्पताल बुटवललाई एक थान भेन्टिलेटरसहित त्यसमा लाग्ने उपकरण प्रदान गरेको छ। रेडक्रस सोसाईटीले एक थान भेन्टिलेटर र त्यसका उपकरण एक थान स्पेयर पार्ट, ८० थान भेन्टिलेटर एसेशोरिज फर एडल्ट र १० थान एसेशोरिज फर चाइल्ड लगायतका सामग्री प्रदान गरेको हो।

रेडक्रस सोसाइटी लुम्बिनी प्रदेशका महासचिव कृष्ण पंगेनीले एक कार्यक्रमका बीच प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. इन्द्र ढकाललाई उपकरणसहितका सामग्री हस्तान्तरण गरे। कोरोना महामारीसंग जुध्न र आवश्यक तयारीका लागि रेडक्रसले यसअघि पनि बिभिन्न उपकरण तथा स्वास्थ्य  सामग्री प्रदान गरीएको पंगेनीले जानकारी दिए।

तेश्रो भेरियन्टको संक्रमण बढेसंगै अस्पताल आउने बिरामीहरुको उपचारमा कुनै कमी नहोस भनेर यसपाली भेन्टिलेटरसहितका उपकरण प्रदान गरीएको पंगेनीले बताए। अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा ढकालले कोरोनाको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै अस्पतालले उपचार व्यवस्थाका लागि तयारी अवस्थामा रहेको बताए।

रेडक्रसले विगतदेखि नै अस्पताललाई उपचारमा प्रयोग हुने उपकरण तथा स्वास्थ्य सामग्रीहरु सहयोग गर्दै आएको भन्दै मेसु ढकालले अगामी दिनमा पनि सहयोग र सहकार्य आवश्यक रहेको बताए।

प्रकाशित: ६ माघ २०७८ १३:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App