coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

तपाईँको मास्क खोई?

तपाईँको माक्स खोई कार्यक्रममा सर्वसाधारणहरुलाई मास्क दिदै। तस्बिर: नागरिक

दैलेख सदरमुकाममा तपाईको मास्क खोई? अभियान सुरु गरिएको छ। जिल्ला प्रहरी कार्यालय दैलेख र नेपाल पत्रकार महासंघ दैलेख शाखाको संयुक्त आयोजनामा सो अभियान गरिएको हो।  

दैलेख सदरमुकामस्थित नयाँ बजार, पुरानो बजार, गणेश चोकमा पत्रकार, नागरिक समाज र प्रहरीहरु माक्स सवैलाई अनिवार्य लगाउनका लागि चेतनामुलकरुपमा तपाईको मास्क खोई? कार्यक्रम गरिएको हो। चेतनामुलक घरदैलो कार्यक्रममा मास्क नलगाएकाहरुलाई मास्क वितरण समेत गरिएको थियो। सदरमुकाममा कोरोना जोखिम बढीरहदाँ प्रहरीसंगको सहकार्यमा सन्देशमुलक कार्यक्रम गरिएको नेपाल पत्रकार महासंघ दैलेख शाखाका अध्यक्ष यज्ञराज थापाले बताए।

कर्णाली प्रदेशमा सुर्खेतपछि कोरोना उच्च जोखिममा दैलेख रहेको छ। दैलेख सदरमुकामका ब्यवसायी, चालक, पैदल यात्रीहरुलाई नयाँ भाईरस ओमिक्रोनबाट बच्नका लागि सजक हुन र मास्क लगाउन अनुरोध गरेको दैलेखका प्रहरी प्रमुख भुवनेश्वर साहले बताए। एक दिनमा तपाईँको मास्क खोई? कार्यक्रममा सर्वसाधारण नागरिकहरुलाई ३ हजार पिस मास्क वितरण गरिएको थियो।

प्रकाशित: ६ माघ २०७८ ०७:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App