७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

कर्मचारीमा कोरोना देखिएपछि प्रशासन एक साताका लागि बन्द

प्रमुख जिल्ला अधिकारीसहितका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालय कालीकोट एक साताका लागि बन्द गरिएको छ। 

प्रमुख जिल्ला अधिकारी रामहरि शर्मा, सहायक प्रमुख जिल्ला अधिकारी देवेन्द्रप्रसाद श्रेष्ठलगायतका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि प्रशासनबाट हुने सबै सेवा प्रवाह बन्द गरिएको हो। प्रजिअ शर्माले स्वास्थ्य सावधानी नअपनाउँदा आफूसहित कर्मचारीमा कोरोना संक्रमण भएको र सेवाग्राहीमा संक्रमण नफैलियोस् भन्ने उद्देश्यले एक साताका लागि सेवा प्रवाह बन्द गरिएको बताए। 

उनले घाँटीमा समस्या देखिएपछि परीक्षण गराउँदा कोरोना पुष्टि भएको बताए। स्वास्थ्य सेवा कार्यालय कालीकोटका जनस्वास्थ्य अधिकृत गौराकुमारी घर्तीमगरले तेस्रो लहरको कोरोनाबाट कालीकोटमा बुधबारसम्म ८९ जना सङ्क्रमित भएको जानकारी दिइन्। संक्रमित मध्ये दुई जना संस्थागत आइसोलेसनमा रहेका छन् भने बाँकी होमआइसोलेसनमा छन्।

प्रकाशित: ६ माघ २०७८ ०३:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App