१६ चैत्र २०८० शुक्रबार
स्वास्थ्य

बेनी अस्पतालमा एनआइसियु कक्ष

अब बेनी अस्पतालमै जटिल अवस्थाका नवजात शिशुको उपचार हुने भएको छ। अस्पतालमा ३ बेडको नवजात शिशु सघन कक्ष (एनआइसियु) सञ्चालनमा आएसँगै नवजात शिशुको उपचारमा सहज भएको हो। 

गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयको २ करोड ६१ लाखको लागतमा सुविधासम्पन्न एनआइसियुमा थप ८ नर्मल बेड समेत रहेको छ। यसअगाडी जन्मने बित्तिकै नवजात शिशुमा देखा पर्ने विभिन्न स्वास्थ्य समस्याको उपचारका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता रहेकोमा अब सहज हुने बेनी अस्पतालले जनाएको छ।

नवजात शिशुको उपचारका लागि आवश्यक उपकरण सहित शिशुको उपचार कक्ष सञ्चानलमा आएको अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताए। ‘नबजात शिशुको उपचारका लागि बाहिर जानुपर्ने बाध्यता हटेको छ,‘ नवजात शिशु सघन उपचार कक्षको निकै आवश्यकता थियो’ कटुवालले भने। कक्षको स्थापना भएपछि आपतकालिन अवस्थामा देखिने शिशुको समस्या समाधानमा सहज भएको चिकित्सकको भनाई छ।

कक्षमा भेन्टिलेटर लगायत उपचारमा आवश्यक सबै सुविधाहरु रहेको जनाइएको छ। कम तौल जन्मिएका, सास फेर्न समस्या, शरीरमा ग्लुकोजको मात्रा कम देखिएका र रगत जाने समस्या भएका दूध चुस्न नसक्ने लगायतका समस्या भएका नवजात शिशुलाई एनआइसियूमा नै राखेर उपचार गर्न सकिन्छ।बेनी अस्पतालमा नयाँ सेवासुविधा थपिएको छ। 

कोरोनाको तेस्रो लहर सुरु भएसँगै बालबालिका समेत संक्रमणको उच्च जोखिममा रहेको अवस्थामा एआइसियु तथा अन्य बिरामीलाई समेत लक्षित गरी यसअगाडी नै स्थापना भएको आइसियु कक्षमा समेत जनशक्ती माग गरिएको छ।

प्रकाशित: ५ माघ २०७८ ०७:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App