४ वैशाख २०८१ मंगलबार
स्वास्थ्य

रौतहटको गरुडामा निःशुल्क आँखा शिविर

रौतहटको गरुडामा निशुल्क आँखा परीक्षण तथा उपचार शिविर सम्पन्न भएको छ। श्री दुर्गा भवानी यादव प्रतिष्ठान गरुडा ५ को आयोजनामा भएको निःशुल्क आँखा उपचार शिविरमा एक सय १६ जनाको परीक्षण गरिएको छ।

परीक्षण गरिएकामध्ये ४३ जनामा मोतियाबिन्दु देखिएको छ। गौर आँखा अस्पतालका विनीता केशरी र शिवकुमार यादवको नेतृत्वमा आएको चिकित्सक तथा प्राविधिकहरुको टोलीले गरेको परीक्षणमा मोतियाबिन्दु देखिएका बिरामीलाई गौरमा निःशुल्क अपरेशन गर्ने बताइएको छ।

नमुना मावि गरुडामा भएको निःशुल्क शिविरमा गरुडा नगरपालिकाका मेयर इन्नु राय यादवले आँखा परीक्षण गराउँदै शिविरको सुरुआत भएको थियो। शिविरलाई सफल बनाउन आएका नगर प्रमुखको टोली तथा चिकित्सकहरुको टोलीलाई आयोजक दुर्गा भवानी यादव प्रतिष्ठानका अध्यक्ष बृजकिशोर यादवले फूलको माला र गमछाले स्वागत गरेका थिए।

निःशुल्क आँखा शिविरमा गरिएको परीक्षणमा आँखामा सामान्य समस्या देखिएका २३ जनालाई निःशुल्क चस्मा पनि प्रदान गरिएको स्थानीय आयोजक संस्थाका अध्यक्ष यादवले जानकारी गराएका छन्।

प्रकाशित: ४ माघ २०७८ १२:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App