७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

सन्धिखर्कका मेयरसहित १६ जनामा कोरोना संक्रमण, नगरपालिकाका सेवा प्रभावित

सन्धिखर्क नगरपालिकाका प्रमुखसहित १६ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि नगरपालिकाको सेवा प्रभावित भएको छ।  

नगरप्रमुख कमलप्रसाद भुसालसहित १६ जनामा कोरोना देखिएपछि अत्यावश्यक बाहेकका सबै सेवाहरु माघ ८ गतेसम्मका लागि बन्द गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले जानकारी दिए।

मेयर भुसाललाई कोरोना देखिएपछि नगरपालिकाको स्वास्थ्य शाखाले सोमबार १७ जनामा एन्टिजेन परीक्षण गरेको थियो। जसमध्ये १६ जनामा कोरोना संक्रमण पुष्टि भएको नगरपालिकाले जनाएको छ।

हाल अर्घाखाँचीमा ७८ जना सक्रिय संक्रमित रहेका छन्।

प्रकाशित: ४ माघ २०७८ १२:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App