७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

एकैदिन १० हजार २५८ संक्रमित थपिए, काठमाडौं उपत्याकामा मात्र ५५४९

पछिल्लो २४ घन्टामा देशभर कोरोना भाइरसका १० हजार २५८ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्य मन्त्रालयका अनुसार १७ हजार ८७२ जनाको पिसिआर गर्दा ८ हजार ७३० जना र ४ हजार ९५६ मा एन्टिजेन परीक्षण गर्दा १ हजार ५२८ जनामा गरी सो संख्यामा संक्रमित भेटिएको हो।

यस्तै, कोरोनाबाट २४ घन्टामा १ जनाको मृत्यु भएको छ। संक्रमणमुक्त हुनेको संख्या ५६२ रहेको छ।

सोही क्रममा काठमाडौं उपत्यकामा ५ हजार ५४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये काठमाडौंमा ४ हजार ४, भक्तपुरमा ५७० र ललितपुरमा ९७५ जनामा नयाँ संक्रमित थपिएका छन्।

प्रकाशित: ४ माघ २०७८ १०:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App