७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

चितवन कोरोनाको उच्च जोखिममा

चितवनमा कोरोना भाइरसको सङ्क्रण तीव्र गतिमा फैलिएको छ। पछिल्ला केही दिनयता सङ्क्रमण निरन्तर बढ्दै गएपछि सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच सय नाघेको छ।

सक्रिय सङ्क्रमित पाँच सय नाघेपछि जिल्लालाई उच्च जोखिम क्षेत्र (रेड जोन) मा राखिएको छ। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार गत पुस २६ गतेदेखि कोरोना सङ्क्रमण बढ्दै गएको हो। पुस २५ गते जिल्लामा ८२ जना सक्रिय सङ्क्रमित रहेकोमा माघ २ गते परीक्षण गरिएकोमा १९० जनमा कोरोना सङ्क्रमण देखिएको छ। जस अनुसार जिल्लामा अहिले सक्रिय कोरोना सङक्रमितको सङ्ख्या  ८२८ जना पुगेको छ।

२ गते जिल्लाका चार वटा प्रयोगशालामा ४११ जनाको स्वाब परीक्षणका लागि पठाइएकोमा १५० जना र एन्टिजोन परीक्षमा ९० जनाको गरिएकोमा ४० जनामा सङ्क्रमण पुष्टि भएको हो। कार्यालयका अनुसार सङ्क्रमित प्रतिशत ३७ मा पुगेको कार्यालयका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालले जानकारी दिइन्।

पिसिआर परीक्षण र एन्टिजेन परीक्षणका क्रममा कोरोना सङ्क्रमण बढ्दै जाने थालेको ढकालले बताउनुभयो। उहाँका अनुसार पुस २६ गते जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ११९, २७ गते १६२ जना, २८ गते २४० जना, २९ गते ३२७ जना सक्रिय सङ्क्रमित पुगेका थिए। अहिले जिल्लामा दैनिक कोभिड परीक्षण दर र सङ्क्रमण दर बढ्दै गएको छ।

पुस ३० गते शुक्रबार ३६० जनाको परीक्षण गर्दा ३७ दशमलब ५० प्रतिशतमा सङ्क्रमण देखिएको ढकालले जानकारी दिनुभयो। ढकालका अनुसार ३६० जनाको परीक्षण गर्दा १३५ जनामा कोरोना सङ्क्रमण देखिएको थियो। माघ १ गते शनिबार जिल्लाका दुई पिसिआर ल्याब ९चितवन मेडिकल कलेज र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल० मा गरिएको परीक्षणमा २४ प्रतिशतमा कोरोना संक्रमण देखिएको छ। तथ्याङ्क अनुसार २२५ जनाको परीक्षणका क्रममा ५४ जनामा कोरोना देखिएको थियो।

जिल्लामा रहेका सक्रिय सङ्क्रमितमध्ये २६ जना अस्पतालमा भर्ना भएर उपचार गराइरहेका छन् भने ८०२ जना होम आइसोलेशनमा रहेका छन्। यहाँ हालसम्म २८ हजार ६८ जना सङ्क्रमित भइसकेका छन् भने २६ हजार ८०३ जना निको भइसकेका छन्। कोरोना सङ्क्रमितमध्ये ४३७ जनाको मृत्यु भइसकेको छ। जिल्लामा रहेका सक्रिय सङ्कक्रमतमध्ये ६६६ जना भरतपुर महानगरपालिकाका रहेका छन्।

यस्तै खैरहनी नगरपालिकाको २७, माडी नगरपालिका १५, रत्ननगर नगरपालिका ७२, राप्ती नगरपालिकामा १९, कालिका नगरपालिकामा १६ जना सङ्क्रमित रहेका छन्। जिल्लाको एक मात्र गाउँपालिकामा १२ जना सक्रिय सङ्क्रमित रहेको उनको भनाइ छ। सक्रिय सङ्क्रमित बढेको भए पनि जिल्लामा सावधानी भने अपनाएको पाइदैन। माक्सकको प्रयोग बढेपनि भीडभाड कायमै रहेको छ। रासस

प्रकाशित: ३ माघ २०७८ ०९:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App