coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

निजी अस्पतामा निःशुल्क प्रसूति सेवा

शुक्रबार सुर्य अस्पतालले ‘आमा सुरक्षा कार्यक्रम’ संचालन सम्बन्धमा आयोजन गरेको पत्रकार सम्मेलन। तस्बिरः रितेश त्रिपाठी

नेपाल सरकारको ‘आमा सुरक्षा कार्यक्रम’ शनिबार माघ १ गतेदेखि सुरु गरिरहेको वीरगन्जको सुर्य अस्पतालले सरकारी अस्पतालसरह प्रसूति सेवा निःशुल्क दिने भएको छ। सरकारको नीति अनुसार सुरक्षित मातृत्वका लागि स्वास्थ्य संस्थामा मात्र बच्चा जन्माउने व्यवहार प्रोत्साहन गर्न सरकारी अस्पतालमा प्रसूति सेवा निःशुल्क छ। स्वास्थ्य संस्थामा बच्चा जन्माउने आमालाई अस्पतालबाट फर्किने बेलामा एक हजार रुपैयाँ यातायात खर्च समेत सरकारले उपलब्ध गराउँदै आएको छ। यो सेवा अब निजी स्तरबाट संचालित वीरगन्जको सुर्य अस्पलालले पनि दिने भएको हो।  

‘प्रसूति शुल्क, आवश्यक पर्दा गरिने अप्रेसनको शुल्क, तोकिएका औषधिहरु र सैया (बेड) निःशुल्क रुपमा उपलब्ध हुनेछ,’ अस्पतालकी वरिष्ठ स्त्रीरोग तथा प्रसूति विशेषज्ञ डा. मोनिका सिंह यादवले भनिन, ‘यो सुविधा सरकारले बिशेष रुपमा विपन्न वर्गका लागि दिइरहेका कारण क्याबिनको सुविधा लिने बिरामीहरुका लागि नभई जेनरल वार्डका बिरामीहरुका लागि हुनेछ।’ अस्पतालको जेनरल वार्डमा पनि आधुनिक उपकरणहरु राखेको र दक्ष जनशक्ति आफूहरुले खटाउने गरेको उनले दावी गरिन्।  

शनिबारबाट आमा सुरक्षा कार्यक्रम सुरु गर्ने अस्पताका अध्यक्ष डा. सरोज सिंहले बताए। अस्पतालका अध्यक्ष डाक्टर सिंहले शुक्रबार पत्रकार सम्मेलन नै गरेर सेवाको बारेमा जानकारी दिए। मातृशिशु मृत्यु दर न्यून गर्ने नेपाल सरकारको महत्वाकाँक्षी र महत्वपूर्ण लक्ष्य अनुसार निजी अस्पतालले ‘आमा सुरक्षा कार्यक्रम’ संचालन गर्न पाएकोले यसलाई आफूहरुले सामाजिक दायित्व सरह प्रभावकारी रुपमा लागु गर्न उत्साहित रहेको बताए।  

सुरक्षित तथा निःशुल्क प्रसूति गराउन स्वास्थ्य मन्त्रालय परिवार कल्याण महाशाखाले वीरगन्ज महानगरपालिकाको सिफारिसमा अनुमति प्रदान गरेपछि यो सेवा सुरु गर्न पाएको अस्पतालले जनाएको छ। सुर्य अस्पताललाई ५० शैयाको स्वकृति प्राप्त छ। ७ वटा भेन्टिलेटरसहित १२ सैयाको सघन उपचार कक्ष पनि कोरोनाको अवस्थालाई ध्यानमा राखेर तयार राखेको अध्यक्ष सिंहले बताए।

महिनामा कम्तिमा सय जनाभन्दा बढी आमाहरुले अस्पतालबाट सेवा लिने गरेकोमा ‘आमा सुरक्षा कार्यक्रम’ लागु भएपछि यो संख्या बढ्ने आँकलन गरिएको छ। यसअघि वीरगन्जको सरकारी नारायणी अस्पताल र निजी वीरगन्ज हेल्थ केयर अस्पतालमा ‘आमा सुरक्षा कार्यक्रम’ संचालनमा रहेको छ।

प्रकाशित: ३० पुस २०७८ १३:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App