७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

कांग्रेस सह-महामन्त्री राठौरलाई कोरोना पुष्टि

कांग्रेस केन्द्रीय सहमहामन्त्री किशोरसिंह राठौर।

नेपाली कांग्रेस केन्द्रीय सहमहामन्त्री किशोरसिंह राठौरलाई कोरोना संक्रमण पुष्टि भएको छ। उनी बाँके र बर्दियामा आयोजना भइरहेका पार्टीका विभिन्न कार्यक्रममा व्यस्त थिए। 

नेता राठौरको स्वास्थ्यमा समस्या आएपछि कोरोना परीक्षण गर्दा बिहीबार उनलाई पुष्टि भएको हो। प्रतिनिधी सभाका सांसद समेत रहेका राठौरलाई कोरोना संक्रमण भएपछि उनको उपस्थितीमा बाँके र बर्दियाका पुर्वनिर्धारित सबै कार्यक्रम स्थगित भएको कांग्रेसले जनाएको छ।

कांग्रेस केन्द्रीय सदस्य मैकुलाल बाल्मिकीले सहमहामन्त्री राठौरलाई कोरोना संक्रमण पुष्टि भएपछि घरमै आराम गरिरहेको बताए। ‘सहमहामन्त्री ज्यूले कार्यक्रममा जाँदा सधैं मास्क र स्यानिटाइजर प्रयोगमा विशेष ध्यान दिनुहुन्थ्यो, तरपनि उहाँलाई कोरोना संक्रमण भयो,’ बाल्मिकीले नागरिकसँग भने  ‘केहि दिनदेखी म पनि उहाँसँगै कार्यक्रममा सहभागी भइरहेको थिए, मेरो स्वास्थ्य चाही ठिक छ।’ सामाजिक सञ्जालमार्फत कांग्रेस नेता तथा कार्यकर्ताले सहमहामन्त्री राठौंरको स्वास्थ्य लाभको कामना गरेका छन्।

प्रकाशित: ३० पुस २०७८ ०४:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App