coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

प्रदेश १ मा २९२ जनामा कोरोना संक्रमण

प्रदेश १ मा पछिल्लो २४ घण्टामा २ सय ९२ जनामा कोरोना संक्रमण भएको छ। ५ सय ७४ जनाको पिसिआर परीक्षण गर्दा २ सय ५० र ३ सय ३ जनाको एन्टिजेन परीक्षण गर्दा ४२ जनामा संक्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पिसिआर परीक्षणका आधारमा मोरङमा १ सय ३२, सुनसरीमा ६७, झापामा ३३, उदयपुरमा २, धनकुटा, संखुवासभा, इलाम, पाँचथर र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका ११ जनामा संक्रमण भएको हो।  

मोरङको विराटनगरमा १ सय १४, सुन्दरहरैँचामा ४, पथरीशनिश्चरे, बुढीगंगा र कटहरीमा २–२, रतुवामाई, कानेपोखरी, धनपालथान, सुनबर्षी, ग्रामथान, उर्लाबारी र लेटाङ, बेलबारीमा १–१, सुनसरीको धरानमा ४३, इटहरीमा १७, इनरुवामा ३, दुहबी र देवानगञ्जमा २–२, झापाको विर्तामोडमा ९, भद्रपुरमा७, दमक र मेचीनगरमा ४–४, अर्जुनधारा र शिवसताक्षीमा २–२, बुद्धशान्ति, कचनकवल, बाह्रदशी, हल्दिबारी  र कनकाईमा १–१, उदयपुरको त्रियुगा र कटारीमा १–१, धनकुटाको धनकुटा नगरपालिका, संखुवासभाको पाँचखपन, इलामको चुलाचुली, पाँचथरको मिक्लाजुङ र भोजपुरको षडानन्दमा १–१ र प्रदेश १ बाहिरका ११ जनामा संक्रमण भएको हो।

प्रदेशमा बिहीबार ८ जना कोरोना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेमा ४ महिला र ४ पुरुष रहेका छन्। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ पुरुषको मृत्यु भएको छ। सक्रिय संक्रमितको संख्या ८ सय ३८ रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित: २९ पुस २०७८ १४:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App