४ वैशाख २०८१ मंगलबार
स्वास्थ्य

टिचिङ अस्पतालका ६० भन्दा बढी स्वास्थ्यकर्मीहरुमा कोरोना संक्रमण

त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पताल महाराजगंञ्जमा कार्यरत ६० जनाभन्दा बढी चिकित्सक तथा कर्मचारीलाई कोरोना भाइरसको संक्रमण भएको छ। अस्पतालका निर्देशक दिनेश काफ्लेले सो संख्यामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेका छन्।

नागरिकन्यूजलाई जनाकारी दिँदै निर्देशक काफ्लेले भने, 'अहिले अस्पतालका ६० भन्दा बढी चिकित्सक तथा कर्मचारीहरुमा कोभिडको संक्रमण देखिएको छ। उहाँहरु अहिले होम आइसोलेसनमा बस्दै हुनुहुन्छ।'

उनले अगाडि भने, 'उहाँहरुमध्ये केहीलाई मात्रै लक्षणहरु देखिएको छ।’ उनका अनुसार स्वास्थ्यकर्मीहरु बिरामीबाट कन्ट्याक्ट ट्रेसिङमा परेका थिए।

प्रकाशित: २९ पुस २०७८ १०:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App