७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

खोप लगाउन ठेलमठेल!

माघ ७ गतेदेखि सार्वजनिक सेवा प्रवाहमा खोप कार्ड अनिवार्य गरेसँगै कोभिड १९ विरुद्धको खोप लगाउनेको भीड बढेको छ।

काठमाडौं जिल्ला प्रशासनले सार्वजनिक स्थानहरु (कार्यालय, होटल, रेष्टुरेण्ट, सिनेमा हल, रंगशाला, हवाईयात्रा, पार्क आदि) मा प्रवेश गर्दा यही माघ ७ गतेदेखि कोभिड–१९ विरुद्धको खोप लगाएको कार्ड हेरेर मात्रै प्रवेश दिने व्यवस्था गर्ने आदेश गरेसँगै कोभिड १९ विरुद्धको खोप लगाउनेहरुको भीड बढेको छ।

काठमाडौंका विभिन्न खोप केन्द्रहरुमा खोप लगाउनेहरुको भीड उल्लेख्य मात्रामा बढेको हो। बिहीबार टेकु अस्पतालमा धेरै भीड देखिएको छ।  

खोप लगाउनेहरुको भीडले जनस्वास्थ्यको मापदण्ड तथा भौतिक दूरी समेत कायम गर्न नसकेको दृश्य स्पष्ट देखिन्थ्यो। टेकु अस्पताल परिसरभन्दा बाहिर सडकसम्मै खोप लगाउनेहरुको लाइन थियो।

प्रकाशित: २९ पुस २०७८ ०९:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App