७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

प्रदेश १ मा २७२ जनामा कोरोना संक्रमण

प्रदेश १ मा पछिल्लो २४ घण्टामा २ सय ७२ जनामा कोरोना संक्रमण भएको छ। ७ सय ३४ जनाको पिसिआर परीक्षण गर्दा २ सय ३३ र २ सय ८१ जनाको एन्टिजेन परीक्षण गर्दा ३९ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पिसिआर परीक्षणका आधारमा मोरङमा १ सय ४५, सुनसरीमा ३९, झापामा ३१, भोजपुर र पाँचथरमा १–१ र प्रदेश १ बाहिरका १६ जनामा संक्रमण देखिएको हो। 

मोरङको विराटनगरमा १ सय १९, बुढीगंगामा १३, सुनबर्षी र बेलबारीमा ३–३, उर्लाबारी र सुन्दरहरैँचामा २–२, कटहरी, धनपालथान र रतुवामाईमा १–१, सुनसरीको धरानमा १६, इटहरीमा ११, इनरुवामा ५, रामधुनीमा २, बर्जु र दुहबीमा १–१ र स्थानीय तह नखुलेका ३, झापाको मेचीनगरमा २०, विर्तामोडमा ५, भद्रपुर र कनकाईमा २–२, अर्जुनधारा र दमकमा १–१, भोजपुरको षडानन्द र पाँचथरको फिदिममा १–१ र प्रदेश १ बाहिरका १६ जनामा संक्रमण देखिएको हो।

प्रदेशमा बुधबार २२ जना कोरोना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेमा १० महिला र १२ पुरुष रहेका छन्। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु भएको छ। सक्रिय संक्रमितको संख्या ५ सय ९७ रहेको मन्त्रालयले जनाएको छ।  

प्रकाशित: २८ पुस २०७८ ११:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App