१६ चैत्र २०८० शुक्रबार
स्वास्थ्य

बाँकेको जमुनाहा नाकामा २७ जना नयाँ संक्रमित फेला

नेपाल भारत सिमानाका जमुनाहामा बुधबार २७ जना कोरोना संक्रमित फेला परेका छन्। एकैदिन बुधबार १९ जना पुरुष र ८ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीले जानकारी दिए।

उनका अनुसार कूल ३ सय २८ जनाको कोरोना परिक्षण गरिएको थियो। त्यसमध्ये २ सय ८७ जना पुरुष र ४१ जना महिला रहेका थिए। यस्तै नेपालगन्जस्थित बाल मन्दिर आइसोलेशन सेन्टरमा बुधबारसम्म ११ जना पुरुष र ६ जना महिला गरी १७ जना रहेका छन्। यि सबै बाहिरी जिल्लाका रहेको फोकल पर्सन ओलीले बताए।

कोरोना संक्रमण दिनहुँ बढ्दै गएपछि बाँके प्रशासनले भिडभाड नगर्न र स्वास्थ्य मापदण्ड पालना गर्न आदेश जारी गरिसकेको छ।

प्रकाशित: २८ पुस २०७८ ११:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App