coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

सार्वजनिक स्थलमा जाँदा खोप कार्ड अनिवार्य

जुम्लामा अध्ययन, अवलोकन भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकसँगै स्थानीयलाई सार्वजनिक स्थलमा जाँदा खोप कार्ड अनिवार्य गरिएको छ। खोप कार्डविना सार्वजनिक स्थलमा जान नपाइने भएको हो।

प्रमुख जिल्ला अधिकारी विजयकुमारी प्रसाईको अध्यक्षतामा बसेको कोभिड संकट व्यवस्थापन समितिको बैठकले सार्वजनिक स्थल–कार्यालय, होटल, रेस्टुरेन्ट, रंगाशला, विमान स्थल, पार्क, आदिमा प्रवेश गर्दा अनिवार्य रूपमा खोप कार्ड बोक्नुपर्ने निर्णय गरेको हो।

कोभिड १९ विरुद्धको खोप लगाएको कार्ड मोवाइलमा फोटो देखाए पनि मान्यता दिने निर्णय भएको हो। मोवाइल नहुनेहरूले अनिवार्य बोकेर हिँड्नुपर्ने र मोवाइल कार्ड बोक्नेबारे गाउँबस्ती स्तरसम्म जानकारी दिने निर्णय भएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ।

बैठकमा सार्वजनिक सेवाप्रदायक निकायहरूले सेवाग्राहीले खोप लगाए–नलगाएबारे सर्भेक्षण गर्ने, खोप नलगाएको भेटिए स्वास्थ्य संस्था र नियमित खोप केन्द्रहरूमा खोप लगाउन सहजीकरण गर्ने, स्थानीय निकायका स्वास्थ्य कार्यालयहरूले सार्वजनिक स्थलहरू– बसपार्क, एयरपोर्ट, बजार र चोकमा निःशुल्क ऐन्टिजेन टेस्ट बुथहरू स्थापना गर्ने, नियमित खोप केन्द्रमा खोप लगाउने कार्य अभियानको रूपमा अघि बढाउने र सबै स्थानीय तहले आगामी एक हप्ता खोप अभियानका रूपमा कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको हो।

विद्यालय सञ्चालन गर्न नेपाल सरकार शिक्षा मन्त्रालयको निर्णय अनुसार शिक्षा समन्वय इकाई र स्थानीय तहको समन्वयमा विद्यालय सञ्चालनसम्बन्धी व्यवस्था मिलाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईले जानकारी दिइन्।

उनले कोभिड १९ को तेस्रो लहर रोकथाम तथा नियन्त्रण पूर्व तयारी कार्ययोजना बनाउने र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको नेतृत्वमा जनस्वास्थ्य कार्यालय, जिल्ला प्रशासन, स्थानीय तहको प्रतिनिधि र गैसस लगायतको समन्वयमा कोभिड एम्बुलेन्स र शव वाहकहरूको खरिदका लागि प्रदेश तथा संघीय मन्त्रालयमा अनुरोध गर्ने निर्णय भएको बताइन्।

केन्द्र स्तरको कोभिड १९ संकट व्यवस्थापन समितिको बैठकले गरेको सिफारिस र मन्त्री स्तरमा भएको निर्णय बमोजिम बुँदा नं. १ जिल्ला सुरक्षा समितिमा निर्णयका लागि सिफारिस गर्ने निर्णय भएको छ। कोभिड १९ को तेस्रो लहरबाट बच्न स्वास्थ्य तथा सुरक्षाका मापदण्डको पूर्ण पालना गर्न समेत आग्रह गरिएको छ।

प्रकाशित: २८ पुस २०७८ ०६:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App