१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

प्रदेश १ मा ४६ जनामा कोरोना संक्रमण

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४६ जनामा कोरोना संक्रमण भएको छ। ३ सय ७८ जनाको पिसिआर परीक्षण गर्दा ३४ र १ सय ४१ जनाको एन्टिजेन परीक्षण गर्दा १२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पिसिआर परीक्षणका आधारमा मोरङमा २३, सुनसरीमा ६, झापामा २ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको हो।

मोरङको विराटनगरमा १८, कानेपोखरी र बेलबारीमा २–२ र उर्लाबारीमा १ जना, सुनसरीको इटहरीमा ३, धरान, बराहक्षेत्र र स्थानीय तह नखुलेका १–१, झापाको शिवसताक्षी र विर्तामोडमा १–१ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको हो। प्रदेशमा शुक्रबार १६ जना कोरोना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेमा ९ महिला र ७ पुरुष रहेका छन्। सक्रिय संक्रमितको संख्या १ सय ६८ रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित: २३ पुस २०७८ १३:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App