७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

प्रदेश १ मा २७ जनामा कोरोना संक्रमण

प्रदेश १ मा पछिल्लो २४ घण्टामा २७ जनामा कोेरोना संक्रमण भएको छ। ४ सय २३ जनाको पिसिआर परीक्षण गर्दा २५ र १ सय २ जनाको एन्टिजेन परीक्षण गर्दा २ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पिसिआर परीक्षणका आधारमा मोरङमा १३, सुनसरीमा ४, झापामा ३, उदयपुरमा १ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको हो। मोरङको विराटनगरमा १०, उर्लाबारी, बेलबारी र धनपालथानमा १–१, सुनसरीको इटहरीमा २, धरान र रामधुनीमा १–१, झापाको भद्रपुर, मेचीनगर र कमल गाउँपालिकामा १–१, उदयपुरको त्रियुगामा १ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको हो।

प्रदेशमा  सोमबार ११ जना कोरोना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेमा ५ महिला र ६ पुरुष रहेका छन्। सक्रिय संक्रमितको संख्या १ सय ३५ रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित: १९ पुस २०७८ १४:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App