प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९ जनामा कोरोना संक्रमण भएको छ। २ सय ६९ जनाको पिसिआर परीक्षण गर्दा ८ र ९४ जनाको एन्टिजेन परीक्षण गर्दा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार पिसिआर परीक्षणका आधारमा मोरङमा २, झापा र सुनसरीमा १–१, प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको हो। मोरङको विराटनगरमा २, झापाको मेचीनगर र सुनसरीको इटहरीमा १–१, प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको हो।
प्रदेशमा आइतबार ६ जना कोरोना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेमा ३ महिला र ३ पुरुष रहेका छन्। सक्रिय संक्रमितको संख्या १ सय २१ रहेको मन्त्रालयले जनाएको छ।
प्रकाशित: १८ पुस २०७८ १२:४१ आइतबार