१५ चैत्र २०८० बिहीबार
स्वास्थ्य

प्रदेश १ मा २० जना कोरोना संक्रमणमुक्त, ११ जनामा थपिए

प्रदेश १ मा पछिल्लो २४ घण्टामा २० जना कोरोना संक्रमणमुक्त भएका छन्। संक्रमितमुक्त हुनेमा १४ जना पुरुष र ६ जना महिला रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेशमा शनिबार ११ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। मोरङमा १० र झापामा एक जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ७, रंगेली, धनपालथान र बेलबारीमा १–१ र झापाको शिवसताक्षीमा १ जनामा संक्रमण देखिएको हो। मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या ९५ रहेको छ।

प्रकाशित: ३ पुस २०७८ १२:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App