१६ चैत्र २०८० शुक्रबार
स्वास्थ्य

राष्ट्रिय निर्माण दिवस: भेरी अस्पतालका बिरामी र सुत्केरीलाई फलफूल वितरण

फलफुल वितरण गर्दै निर्माण ब्यवसायी संघ बाँकेका अध्यक्ष टेकबहादुर खड्का। तस्बिर: नागरिक

१४औं राष्ट्रिय निर्माण दिवसका अवसरमा नेपालगन्जस्थित भेरी अस्पतालमा रहेका अशक्त, असहाय बिरामी तथा सुत्केरीलाई फलफूल वितरण गरिएको छ।  

हरेक वर्ष मंसिर २२ गतेका दिन निर्माण दिवस मनाउने गरिन्छ। दिवसको अवसरमा नेपाल निर्माण व्यवसायी संघ बाँकेले बुधबार बिहान भेरी अस्पतालमा पुगेर अशक्त, असहाय बिरामी तथा सुत्केरीलाई सुन्तला, केरा र हर्लिक्स वितरण गरेको हो। 

निर्माण व्यवसायी संघ बाँकेका अध्यक्ष टेकबहादुर खड्काले दिवसको अवसरमा करिब ५० जना अशक्त, असहाय बिरामी तथा सुत्केरीलाई वितरण गरिएको जानकारी दिए। ‘हरेक वर्ष आजकै दिन हामी निर्माण दिवस मनाउँछौं, दिवसको सन्दर्भमा हामीले अशक्त, असहाय बिरामी तथा सुत्केरीलाई सहयोग गरेका हौं,’ उनले भने।

सो क्रममा निर्माण व्यवसायी संघ बाँकेका अध्यक्ष खड्का, पुर्व जिल्ला अध्यक्ष जितेन्द्र हमाल, लुम्बिनी प्रदेशका वरिष्ठ उपाध्यक्ष सुरेश चन्द, प्रदेश उपाध्यक्ष यज्ञबहादुर खत्री, संघ बाँकेका वरिष्ठ उपाध्यक्ष लिलाराज उपाध्याय, भेरी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.बीरेन्द्र चन्द लगायतको उपस्थिती रहेको थियो।

प्रकाशित: २२ मंसिर २०७८ ०६:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App