coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

आगजनी प्रभावितलाई स्वास्थ्य शिविर

कर्णाली प्रदेश प्रहरी कार्यालयद्वारा गरिएको स्वास्थ्य शिविरमा चेकजाँच गर्दै विरामीहरु। तस्बिरः नागरिक

कात्तिक २९ गते राती मुगुको सदरमुकाम गमगढीमा भएको भिषण आगजनीबाट प्रभावितहरुलाई कर्णाली प्रदेश प्रहरी कार्यालयको आयोजनामा स्वास्थ्य शिविर गरिएको छ। मुगु सदरमुकाम गमगढीमा आजगनीबाट विस्थापित भई त्रिपालमुनी रात कटाईरहेका स्थानीयहरुलाई चिसो बढेसंगै स्वास्थ्य समास्या हुने भएकाले कर्णाली प्रदेश प्रहरीले स्वास्थ्य शिविरको आयोजना गरेको हो।

छायाँनाथ रारा नगरपालिका –१ गमगढीमा प्रहरीले आजगनी प्रभावितहरुलाई लक्षित गरि गरेको स्वास्थ्य शिविरमा नि:शुल्क औषधि दिएको थियो। शिविरमा ८१ जना आजगनी प्रभावितसहित २ सय ६९ जनाले स्वास्थ्य परीक्षण गरेका थिए। निःशुल्क स्वास्थ्य परीक्षण गर्न पाउँदा खुसी लागेको छायाँनाथ रारा नगरपालिक–५ कि ५३ वर्षीया जलुका बुढाले बताईन्।

आगोले घरबारविहीन भएर पालमुनि चिसो मौसममा बसेका बेला प्रहरीले निःशुल्क औषधिसहित चेकजाँच गरेर घाउँमा मलम थपिदिएको स्थानीय ७३ वर्षीया तिलकप्रसाद चौलागाईले बताए। चिसो मौसममा हुनसक्ने स्वास्थ्य समस्यालाई मध्यनगर गरेर स्वास्थ्य शिविरको आयोजना गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआईजी गणेशबहादुर ऐरले बताए।

‘आगजनी प्रभावितलाई लक्षित गरेपनि शिविरमा आउने अन्य विरामीलाई पनि चेकजाँच भयो। धेरैले शिविरबाट लाभ लिनुभएको छ,’ डिआईजी ऐरले भने, 'अब २३ गते कालिकोटमा शिविर गर्दैछौं।’ 

शिविरमा स्वासप्रश्वास, दम, हाडजोर्नी, पाठेघर, ग्यास्ट्रिक, छालाजन्य रोग सम्वन्धी बढी विरामीहरु चेकजाँचका लागि आएको प्रहरीको कर्णाली प्रदेशमा रहेको स्वास्थ्य उपचार केन्द्रका प्रहरी निरीक्षक डा.शत्रुधन बहरदारले बताए। त्यस्तै कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार प्रहरीले मंसिर २३ गते कालिकोट पनि निःशुल्क स्वास्थ्य शिविर गर्दैछ।

प्रकाशित: २१ मंसिर २०७८ ०८:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App