७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

प्रदेश १ मा १९ जनामा कोरोना संक्रमण

प्रदेश १ मा पछिल्लो २४ घण्टामा १९ जनामा कोरोना संक्रमण भएको छ। ३ सय ५० जनाको पिसिआर परीक्षण गर्दा १८ र ४७ जनाको एन्टिजेन परीक्षण गर्दा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पिसिआर परीक्षणका आधारमा झापामा ८, मोरङमा ५, सुनसरीमा २, भोजपुरमा १ र प्रदेश १ बाहिरका २ जनामा संक्रमण देखिएको हो।

झापाको विर्तामोडमा २, मेचीनगर, भद्रपुर, बुद्धशान्ति, बाह्रदशी, गौरीगञ्ज र शिवसताक्षीमा १–१, मोरङको कानेपोखरीमा २, उर्लाबारी, बेलबारी र सुन्दरहरैँचामा १–१, सुनसरीको दुहबीमा २, भोजपुरको अरुण गाउँपालिकामा १ र प्रदेश १ बाहिरका २ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ। प्रदेशमा आइतबार १६ जना कोरोना संक्रमणमुक्त छन्। संक्रमणमुक्त हुनेमा ७ महिला र ९ पुरुष रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित: १९ मंसिर २०७८ १३:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App