coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

प्रदेश १ मा ६२ कोरोना संक्रमणमुक्त, ३३ जनामा संक्रमण

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६२ जना कोरोना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेमा २४ महिला र ३८ पुरुष रहेका छन्।

प्रदेशमा बिहीबार ३३ जनामा कोरोना संक्रमण भएको छ। ३ सय ३२ जनाको पिसिआर परीक्षण गर्दा ३० र २ सय २९ जनाको एन्टिजेन परीक्षण गर्दा ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पिसिआर परीक्षणका आधारमा मोरङमा १६, झापामा ९, सुनसरीमा ४ र प्रदेश १ बाहिरका १ जनामा संक्रमण देखिएको हो।

मोरङको विराटनगरमा १४, उर्लाबारीमा २, झापाको मेचीनगरमा ७, दमक र शिवसताक्षी १–१, सुनसरीको धरानमा २, भोक्राहानरसिंह र स्थानीय तह नखुलेका १–१ र प्रदेश १ बाहिरका १ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एक महिला र एक पुरुष रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित: १६ मंसिर २०७८ १२:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App