७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

दस रुपैयाँमा डाक्टरी जाँच!

सूर्यविनायक भुलाँंचास्थित केन्द्र।

दस रुपैयाँंबाट पनि डाक्टरी जाँंचको सुविधा हुन्छ भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ, तर भक्तपुरको सूर्यविनायक भुलाँंचास्थित लायन्स आँंखा तथा मधुमेह सेवा केन्द्रमा १० रुपैयाँको टिकटबाट डाक्टरी जाँंचको सुविधा छ। लायन्स गल्ली भुलाँंचा सूर्यविनायक भक्तपुरस्थित केन्द्रमा दैनिक विहान १० रुपैयाँंको टिकट काटेर आँंखा परीक्षण, मधुमेह (सुगर) परीक्षण, रक्तचाप, फिजिसियन परीक्षण, ल्याब परीक्षणलगायतका विशेषज्ञ डाक्टरको सेवा उपलब्ध छ। प्रत्येक दिन विहान सात बजेदेखि दस बजेसम्म (बुधबारबाहेक शनिबारसहित) यो सुविधा उपलब्ध छ।  

केन्द्रका संयोजक गोकुलप्रसाद प्रजापतिले सर्वसाधारणको स्वास्थ्य सुविधाका लागि सहुलियत दरमा सेवा दिइरहेको बताए। ‘१० रुपैयाँं शुल्क पनि विरामीको रेकर्ड राख्नका लागि मात्रै लिएका हौं, संयोजक प्रजापतिले नागरिकसँंग भने, ‘सकेसम्म निःशुल्क रुपमा सेवा दिने नै हाम्रो उद्देश्य हो।’  

संयोजक प्रजापतिका अनुसार पछिल्लो भाद्र १ गतेदेखि त्यहाँं यो सुविधा दिन थालिएको हो। यस अनुसार हालसम्म तीन सय भन्दा बढी जनालाई सेवा दिइसकेको उनले जानकारी गराए। साथसाथै केन्द्रमा सेवासुविधा पनि बढाउँंदै जाने योजना रहेको उनले सुनाए। यस अनुसार फिजिसियन चिकित्सक ल्याई फिजिसियन सेवा, स्त्री रोग सेवा केही दिनभित्रैबाट सुरु हुने उनले जनाए। यसका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको समेत उनले जनाए। साथै सेवालाई विहान मात्रै सीमित नराखी साँंझ पनि दिने योजना राखेको उनले बताए।

केन्द्र भक्तपुरभरिका लायन्सहरुबाट सञ्चालित छ। यो भक्तपुर लायन्स सेवा समन्वय समितिबाट सञ्चालित छ। यसका लागि विभिन्न दाता लायन्सहरुले आर्थिक, भौतिक तथा नैतिक सहयोग गरिरहेको जनाइएको छ।  

केन्द्र साढे दुई तल्ले भवनमा रहेको छ। भवन पनि एकजना दाताले निःशुल्क रुपमा भाडा नलिई दिइरहेका छन्। भक्तपुर नगरको तुछुमिला निवासी दीपकृष्ण प्रजापतिले विना भाडा निःशुल्क रुपमा केही वर्षका लागि भवन प्रयोग गर्न अनुमति दिएका छन्। अहिले सिंगो भवन त्यही प्रायोजनका लागि मात्रै चलिरहेको छ।

केन्द्रले समुदायको स्वास्थ्यका लागि नियमित रुपमा ठाउँंठाउँंमा स्वास्थ्य शिविरहरु पनि गर्दै आएको जनाएको छ। प्रत्येक हप्ता मंगलबार जिल्लाका विभिन्न ठाउँहरुमा निःशुल्क नाक, कान अनि घाँंटीको शिविरहरु गरी सेवा दिइरहेको जनाएको छ। यी शिविरहरुमा पुगेर सुविधा लिएकाहरुलाई वीपी नेत्र प्रतिष्ठानसँंगको सहकार्यमा मोतियाविन्दु भएका विरामीहरुलाई शल्यक्रिया पनि गराउने गर्दै आएको जनाएको छ।

लायन्स आँंखा तथा मधुमेह सेवा केन्द्र एवं सूर्यविनायक लायन्स क्लबका अध्यक्ष विष्णुभक्त मारिखूले सर्वसाधारण जनताको स्वास्थ्य सुविधालाई ध्यानमा राखी सेवाभावले आफूहरुले काम गरिरहेको जनाए। ‘अझ जनता हाम्रोमा होइन, हामी जनताकोमा पुग्ने हिसावले काम गरिरहेका छौं, अध्यक्ष मारिखूले थपे, केन्द्रमा आएकालाई सेवा दिने भन्दा हप्तैपिच्छै ठाउँंठाउँंमा निःशुल्क शिविरहरु गरी शिविरमार्फत निःशुल्क स्वास्थ्य सेवा दिइरहेका छौं।’

प्रकाशित: १३ मंसिर २०७८ ०७:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App