coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

भारतमा एकैदिन आठ हजार ७७४ नयाँ कोरोना सङ्क्रमित

भारतमा कोरोना भाइरसबाट पछिल्लो एक दिनमा थप आठ हजार ७७४ जना सङ्क्रमित भएका छन्। आइतबार भारतको केन्द्रिय स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार यसै अवधीमा कोरोना सङ्क्रमणबाट ६२१ जनाको मृत्यु भएको छ। योसँगै हालसम्म भारतमा कोरोनाबाट चार लाख ८ हजार ५५४ जनाको मृत्यु भएको छ।  

भारतमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख ५ हजार ६९१ रहेको जनाइएको छ। सक्रिय सङ्क्रमितको यो संख्या ५४३ पछिकै सबैभन्दा कम भएको पनि मन्त्रालयका अधिकारीले जनाएका छन्।

पछिल्लो २४ घण्टामा भारतमा नौ हजार ८६८ जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन्। भारतमा अहिलेसम्म सङ्क्रमण मुक्ति भएकाको सङ्ख्या तीन करोड ३९ लाख ७७ हजार ८३० रहेको मन्त्रालयले जनाएको छ।  

शनिबार ९ हजार ४८१ व्यक्ति कोरोनाबाट मुक्त भएका छन्। भारतमा कोरोना मुक्ति दर कूल सङ्क्रमितको ९८.३३ प्रतिशत पुगेको छ। कोरोना सङ्क्रमण निको भएकाको यो दर २०२० को मार्चपछिकै सबैभन्दा धेरै भएको मन्त्रालयका अधिकारीको भनाइ रहेको छ। यसैसँगै भारतमा कोरोना शुरुभएयता हालसम्म तीन करोड ३९ लाख ९८ हजार २७ व्यक्ति कोरोना भाइरस सङ्क्रमणबाट निको भएको जनाइएको छ। 

प्रकाशित: १२ मंसिर २०७८ ११:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App