coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

प्रदेश १ मा १ सय ४७ जनामा कोरोना संक्रमण

प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ सय ४७ जनामा कोरोना संक्रमण भएको छ। ९ सय ६८ जनाको पीसीआर परीक्षण गर्दा १ सय २५ र १ mसय ३५ जनाको एन्टिजेन परीक्षण गर्दा २२ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ५७, झापामा ५२, सुनसरीमा १०, खोटाङ, उदयपुर, पाँचथर र ताप्लेजुङमा १–१ र प्रदेश १ बाहिरका २ जनामा संक्रमण देखिएको हो। मोरङको विराटनगरमा ४०, सुन्दरहरैचामा ४, उर्लाबारीमा ३, कानेपोखरी, बेलबारी, रतुवामाई र स्थानीय तह नखुलेका २–२, ग्रामथान र पथरीशनिश्चरेमा १–१ जनामा संक्रमण देखिएको छ।

झापाको विर्तामोडमा १३, दमकमा १०, भद्रपुरमा ७, कनकाईमा ६,  कमल गाउँपालिकामा ५, शिवसताक्षी र अर्जुनधारामा २–२,  मेचीनगर, बाहृदशी, कचनकवल, गौरादह, हल्दिबारी, बुद्धशान्ति र झापा गाउँपालिकामा १–१ जनामा संक्रमण देखिएको छ।

सुनसरीको इटहरीमा ४, धरानमा २, इनरुवा, बराहक्षेत्र, गढी र हरिनगरमा १–१, खोटाङको जन्तेढुङ्गा, उदयपुरको चौदण्डीगढी, पाँचथरको फिदिम र ताप्लेजुङमा १–१ र प्रदेश १ बाहिरका २ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ। प्रदेश १ मा सोमबार  ४३ जना कोरोना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेमा २० महिला र २३ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रकाशित: ८ कार्तिक २०७८ १२:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App