coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

५१३ जनामा संक्रमण, ८ को मृत्यु

पछिल्लो २४ घन्टामा नेपालमा पाँच सय १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ को तथ्यांक अद्यावधिक गर्दै शनिबार पाँच सय १३ जना संक्रमित थपिएको जनाएको हो। मन्त्रालयले पछिल्लो २४ घण्टामा ६ हजार ९ सय ३१ जनाको कोरोना परीक्षण गरेको थियो।  

मन्त्रायलयले पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ८ जनाको मृत्यु भएको जनाएको छ। नेपालमा हाल १० हजार ५५९ जना सक्रिय संक्रमित छन्।

प्रकाशित: ६ कार्तिक २०७८ ११:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App