coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

प्रदेश १ मा ९० जनामा कोरोना संक्रमण

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९० जनामा कोरोना संक्रमण भएको छ। ४ सय ४६ जनाको पिसिआर परीक्षण गर्दा ६३ र १ सय ७६ जनाको एन्टिजेन परीक्षण गर्दा २७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पिसिआर परीक्षणका आधारमा झापामा ३३, मोरङमा २०, सुनसरीमा ३, इलाममा २, उदयपुरमा १ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको हो।  

झापाको भद्रपुरमा १०, विर्तामोडमा ९,  दमक, अर्जुनधारा र शिवसताक्षीमा ३–३, हल्दिबारी र कनकाईमा २–२ र गौरादहमा १, मोरङको विराटनगरमा १०, सुन्दरहरैँचामा ४, कटहरीमा ३, बेलबारीमा २, कानेपोखरीमा १, सुनसरीको धरानमा ३, इलामको इलाम नगरपालिका र माईजोगमाईमा १–१, उदयपुरको उदयपुरगढीमा १ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको हो।  

प्रदेश १ मा शुक्रबार ५३ जना कोरोना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेमा २९ महिला र २४ जना पुरुष रहेका छन्। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा २ महिला र १ पुरुष रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित: ५ कार्तिक २०७८ १२:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App