८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

प्रदेश नं १ मा ९७ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा ३१ महिलासहित ९७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। सामाजिक विकास मन्त्रालयका अनुसार ५३८ जनाको पीसीआर परीक्षण गर्दा ८८ र ६७ जनाको एन्टिजेन परीक्षण गर्दा नौ जनामा सङ्क्रमण पुष्टि भएको छ।

सङ्क्रमितमध्ये झापामा ३७, मोरङमा ३१, सुनसरीमा १४, इलाममा चार, उदयपुर र प्रदेश बाहिरका एक/एक जनामा सङ्क्रमण पुष्टि भएको हो। 

स्थानीय तहअनुसार झापाको विर्तामोडमा १२, मेचीनगरमा नौ, शिवसताक्षीमा चार, कनकाईमा तीन, भद्रपुर, अर्जुनधारा दमक र कमल गाउँपालिकामा दुई/दुई, गौरादहमा एक, मोरङको विराटनगरमा २१, सुन्दरहरैचामा तीन, बुढीगङ्गामा दुई, कटहरी, पथरीशनिश्चरे, ग्रामथान, उर्लाबारी र सुनवर्षीमा एक/एक, सुनसरीको इटहरी र स्थानीय तह नखुलेकामा पाँचरपाँच, धरानमा तीन, भोक्राहानरसिंहमा एक, इलामको रोङमा दुई, इलाम नगरपालिका र माईमा एकरएक, उदयपुरको कटारी र प्रदेश बाहिरका एकरएक जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ।

प्रदेशमा हिजाे ३१ महिलासहित ८५ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् भने पाँच महिलासहित छ जनाको मृत्यु भएको बताइएको छ।

प्रकाशित: २ कार्तिक २०७८ ००:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App