८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

प्रदेश नं १ मा कोरोना सङ्क्रमण घट्दो क्रममा

प्रदेश नं १ मा कोरोना सङ्क्रमण घट्दो क्रममा रहेको छ। प्रदेशमा पछिल्लो २४ घण्टामा २८ जनामा कोरोना सङ्क्रमण भएको छ। एक सय १९ जनाको पीसीआर परीक्षण गर्दा २२ र ६८ जनाको एन्टिजेन परीक्षण गर्दा छ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा सुनसरीमा १५, मोरङमा चार, झापामा दुई र उदयपुरमा एक जनामा सङ्क्रमण देखिएको हो। सुनसरीको इटहरीमा ११, धरानमा तीन र रामधुनीमा एक, मोरङको विराटनगर र सुन्दरहरैचामा दुई÷दुई झापाको भद्रपुर र मेचीनगरमा एक÷एक र उदयपुरको उदयपुरगढीमा एक जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ।

प्रदेशमा बुधबार ५७ महिलासहित ११९ जना कोरोना सङ्क्रमणमुक्त भएका छन्। सो अवधिमा एक महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

प्रकाशित: २८ आश्विन २०७८ ०२:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App