७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

प्रदेश १ मा ११० जनामा कोरोना संक्रमण

प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ सय १० जनामा कोरोना संक्रमण भएको छ। ५ सय ८८ जनाको पीसीआर परीक्षण गर्दा १सय ३ र ९७ जनाको एन्टिजेन परीक्षण गर्दा ७ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ४७, मोरङमा ३२, सुनसरीमा १५, धनकुटा र तेहृथुममा २–२, इलाममा १ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको हो। 

झापाको विर्तामोडमा १२, कनकाईमा १०, दमकमा ७, बुद्धशान्ति र मेचीनगरमा ६–६, शिवसताक्षीमा ३, कमल गाउँपालिकामा २, भद्रपुरमा १ जनामा संक्रमण देखिएको छ।  मोरङको विराटनगरमा २४, सुन्दरहरैचामा ३,  रंगेली, पथरीशनिश्चरे, बेलबारी, उर्लाबारी र ग्रामथानमा १–१ जनामा कोरोना संक्रमण देखिएको छ। 

सुनसरीको इटहरीमा १३, इनरुवा र गढीमा १–१, धनकुटाको छथरजोरपोटी र महालक्ष्मीमा १–१, तेहृथुमको आठराईमा २, इलामको मांसेबुङमा १ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ। प्रदेश १ मा आइतबार २ सय ११ जना कोरोना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेमा १ सय २४ महिला र ८७ पुरुष रहेका छन्। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २  पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रकाशित: २४ आश्विन २०७८ १३:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App