coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

खटियो केन्द्रीय टोली

राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले कपिलवस्तुको कृष्णनगर नगरपालिकामा फैलिएको झाडापखाला नियन्त्रण तथा अध्ययनका लागि बिहीबार स्वास्थ्यकर्मीसहितको एक टोली पठाएको छ। 

जिल्ला जनस्वास्थ्य कार्यालयको मागअनुसार आवश्यक औषधि र स्वास्थ्य सामग्रीसहित टोली पठाइएको महाशाखा प्रमुख डा. कृष्णप्रसाद पौडेलले बताए। महाशाखाका शशि कँडेल र विश्व स्वास्थ्य संगठनका रविन गौतमसहितको टोलीले बिरामीको उपचारसँगै रोग फैलिनुको कारण अध्ययन गर्नेछ।  

प्रारम्भिक अध्ययनअनुसार दूषित खानेपानीका कारण झाडापखाला फैलिएको पाइएको छ। उताबाट आएका केही नमुना परीक्षण गर्दा दिसामा पाइने जीवाणु इकोलाई भेटिएको र थप नमुना परीक्षणको रिपोर्ट आउन बाँकी रहेको प्रमुख पौडेलले बताए।

प्रकाशित: २२ आश्विन २०७८ ०३:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App