७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

सिर्जनानगरमा आधारभूत स्वास्थ्य सेवा केन्द्र

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सिर्जनानगरमा नवनिर्मित आधारभूत स्वास्थ्य सेवा केन्द्रको उद्घाटन गरेका छन्। भक्तपुर नपा वडा नं. १ स्थित सो भवन बिहीबार उद्घाटन गर्दै उनले नपाभित्रका पर्ति जग्गा अतिक्रमण हुनबाट रोक्न त्यसको संरक्षण गर्ने कामहरु गर्दै आइरहेको बताए। उनले विगत लामो समयदेखि डुबानमा पर्दै आएको सिर्जनानगर नपली क्षेत्रलाई सुरक्षित बनाउने काम नगरपालिकाले गरेको बताए। नगरपालिकाले आवश्यकतालाई प्राथमिकतामा राख्दै विकास निर्माणका गतिविधि अगाडि बढाइरहेको अवगत उनले गराए।  

भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले वडाले १६ वटा नगरस्तरीय र ८ वटा वडास्तरीय योजनाहरु सम्पन्न गरिसकेको बताउँदै नवनिर्मित स्वास्थ्य संस्थाको भवनबाट छिटै स्वास्थ्य सेवा उपलब्ध हुने जानकारी दिए।सोही अवसरमा नगर प्रमुख प्रजापतिले भवन निर्माण उपभोक्ता समिति र अनुगमन समितिका पदाधिकारीहरुलाई खादा ओढाई सम्मान गरेका थिए। 

त्यस्तै सिर्जनानगरका स्थानीय लवरीया थपलियाले नगर प्रमुख प्रजापतिलाई नवनिर्मित स्वास्थ्य संस्थाको लागि अक्सिजन कन्सन्ट्रेटर सहयोगको रुपमा हस्तान्तरण गरे।

प्रकाशित: २१ आश्विन २०७८ १३:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App