७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

थप ८०५ जनामा कोरोना पुष्टि, ८ जनाको मृत्यु

 नेपालमा पछिल्लो २४ घण्टामा थप ८०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६७२ जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो।  

यस्तै यो अवधिमा ८ जनाको मृत्यु भएको छ। संक्रमित मध्य ९११ जना निको भएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख २८२ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९२ हजार ७९० जना पुगेको छ।  

संक्रमितमध्ये हालसम्म ७ लाख ७३ हजार जना निको हुँदा ११ हजार २०० जनाको मृत्यु भएको छ। हाल देशभर सक्रिय संक्रमित १५ हजार ९४२ जना रहेको मन्त्रालयले जनाएको छ। 

प्रकाशित: २१ आश्विन २०७८ ११:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App