७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

जन गणनामा मातृ मृत्युको तथ्यांक समेटिने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चालु राष्ट्रिय जनगणना २०७८ मा मातृमृत्युको तथ्यांक संकलन गर्ने प्रक्रिया अघि बढाएको छ। गत एक वर्षभित्रमा मृत्यु भएका १५ देखि ४९ वर्ष उमेरभित्रका महिलाको तथ्यांक संकलन गरिनेछ।  

तथ्यांक संकलनका क्रममा उनीहरूको परिवारसँग मौखिक प्रश्नावली सोधी मृत्युुको कारण र तथ्यांक दुवै संकलन गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। सन् २०१६ को राष्ट्रिय स्वास्थ्य सर्वेक्षणले मातृ मृत्युको तथ्यांक संकलन गरे पनि राष्ट्रिय जनगणनामा समावेश गर्न लागिएको यो तथ्यांक फरक रहेको परिवार कल्याण महाशाखा मातृशिशु स्वास्थ्य शाखाकी प्रमुख डा. पुन्य गौतमले बताइन्। 

यसपालिको जनगणनामा आमाको मृत्यु गर्भास्थामा, सुत्केरीपछि या गर्भपतनको कारणले भएको जस्ता विषयमा खोजी गरिने डा. गौतमले बताइन्। यस्तो विश्लेषणसहितको तथ्यांकले नेपालमा मातृ मृत्युको कारण र अवस्थाको पहिचान गर्न सकिने र देशभरिको यकिन तथ्यांक संकलन गर्न सकिने उनको भनाइ छ।  

‘हामीले आमाको मृत्युको हरेक पक्षलाई खोजी गर्ने गरी तथ्यांक संकलन प्रक्रिया तयारी गरेका छौं,’ उनले भनिन्। यस्तो तथ्यांकले मातृमृत्यु नियन्त्रमा नीति तथा कार्यक्रम तय गर्न सहज हुने गौतमले बताइन्। तथ्यांक संकलनको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र केन्द्रीय तथ्यांक विभागको सहकार्यमा सातै प्रदेशमा प्रशिक्षक तालिम दिइसकेको र अर्को चरणमा जिल्लास्तरमा र जिल्लाबाट स्थानीय निकाय तहमा तालिम  दिइने छ। 

प्रकाशित: २० आश्विन २०७८ ०१:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App