coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

संक्रमण दर ६.३ प्रतिशत

गत चौविस घण्टामा नेपालमा कोरोना संक्रमणदर घटेर छ प्रतिशत पुगेको छ। अघिल्लो दिनको तुलनामा दुई प्रतिशत घटेको तथ्यांकले औंल्याएको छ। 

गत चौबिस घण्टामा परिक्षण भएका पिसिआर र एन्टिजेन गरी १६ हजार पाँच सय ८२ वटा नमुनामा नौ सय ६८ जनामा कोरोना पुष्टि भएको हो। ११ हजार पाँच सय ८२ वटा नमुना संकलन भएकोमा सात सय ६२ जनामा कोरोना पुष्टि भएको हो। थपसहित नेपालमा कुल संक्रमित संख्या आठ लाख ९१ हजार दुई सय पुगेको छ।  

गत चौविस घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्य ६ जना छन्। यो संख्या अघिल्लो दिनको तुलनामा ४ जना कम हुन्। थप मृतक सहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार १ सय ८० जना पुगेका छन्। 

हाल देशभरिमा १६ हजार दुई सय ४८ जना सक्रिय संक्रमित छन्। ती मध्येमा १५ हजार एक सय १७ जना होम आइसोलेसनमा र ११ सय ३१ जनाको संस्थागत आइसोलेसनमा उपचार भइरहेको छ। 

गम्भीर समस्या भएका तीन सय ३५ जनाको आइसियुमा उपचार भइरहेको छ। गत चौबिस घण्टामा काठमाडौं उपत्यकामा थप तीन सय दुई जनामा कोरोना पुष्टि भएको छ।

 

प्रकाशित: २० आश्विन २०७८ ०१:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App