coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

प्रदेश १ मा १८६ जनामा कोरोना संक्रमण

प्रदेश १ मा पछिल्लो १४ घण्टामा १ सय ८६ जनामा कोरोना संक्रमण भएको छ। ८ सय २६ जनाको पीसीआर परीक्षण गर्दा १ सय ३९ र २ सय ३८ जनाको एन्टिजेन परीक्षण गर्दा ४७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ६६, मोरङमा ४४, सुनसरीमा २४, उदयपुरमा २, पाँचथर, ताप्लेजुङ, र धनकुटामा १–१ जनामा संक्रमण देखिएको हो। झापाको विर्तामोडमा १५, कनकाईमा १३, दमक र भद्रपुरमा ८–८, मेचीनगरमा ७, अर्जुनधारामा ४, बुद्धशान्तिमा ३, बाहृदशी, शिवसताक्षी र झापा गाउँपालिकामा २–२, हल्दिबारी र कमल गाउँपालिकामा १–१ जनामा संक्रमण देखिएको छ।

मोरङको विराटनगरमा २८, बेलबारीमा ४, उर्लाबारी र बुढीगंगामा ३–३, सुन्दरहरैचामा २, सुनबर्षी, पथरीशनिश्चरे, जहदा र कटहरीमा १–१ जनामा संक्रमण देखिएको छ। सुनसरीको धरानमा ११, इटहरीमा १०, रामधुनी, दुहवी र इनरुवामा १–१, उदयपुरको बेलका र कटारीमा १–१, पाँचथरको हिलिहाङ, ताप्लेजुङ, र धनकुटाको धनकुटा नगरपालिकामा १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ। 

प्रदेश १ मा सोमबार  ३ सय ४४ जना कोरोना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेमा १ सय ८७ महिला र १ सय ५७ पुरुष रहेका छन्। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा १ महिला र २ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रकाशित: १८ आश्विन २०७८ ११:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App