coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

कात्तिकमा १८ देशका ३ सय डाक्टर विराटनगर आउने

विराटनगरमा मनोचिकित्सकहरूको सम्मेलन आयोजना गरिने भएको छ। मनोचिकित्सक संघको आठौं राष्ट्रिय सम्मेलन कात्तिक ११ गतेदेखि १३ गतेसम्म विराटनगरमा आयोजना गर्न लागिएको नेपाल मनोचिकित्सक संघले जनाएको छ।  

बिहीबार पत्रकार सम्मेलन गरी आठौं राष्ट्रिय सम्मेलन विराटनगरमा गर्न लागिएको संघले जानकारी गराएको हो। मानसिक रोगका कारण स्वाथ्यमा आउने चुनौती र त्यसको निदान र उपचार सेवालाई प्रभावकारी बनाउने विषयमा राष्ट्रिय सम्मेलन केन्द्रीत हुने आयोजक समितिका प्रवक्ता डा. प्रभात चालिसेले जानकारी दिए। उच्चतम आधुनिक तथा वैज्ञानिक ज्ञान र सीप आर्जन गरी मानसिक रोगीलाई छिटो छरितो रुपमा सेवा पुर्याउने विषयमा सम्मेलनमा छलफल हुने छ।

सम्मेलनमा नेपालसहित १८ देशका तीनसय मोनोचिकित्सकहरुको सहभागिता रहने आयोजक समतिका अध्यक्ष डा. नवाराज कोइरालाले बताए। उनले भने, ‘विभिन्न देशका मनोचिकित्सकसँग कुराकानी हुँदा १८ वटा देशका चिकित्सकहरू आउने निश्चित भइसकेको छ।’  

तीन दिनसम्म सञ्चालन हुने सम्मेलनमा ३२ वटा कार्यपत्र प्रस्तुत हुने कोइरालाले जानकारी दिए। सम्मेलनमा सहभागी चिकित्सकहरुबीच मानसिक स्वास्थ्यमा बहुपक्षीय साझेदारी तथा मानसिक स्वास्थ्यमा देखिने चुनौती र अवसरका विषयमा छलफल हुनेछ। मानसिक स्वास्थ्यमा पत्रकारिताका विषयमा पत्रकारसँग तथा मानसिक स्वास्थ्यका विषयमा बनाइने निति निमार्णमा कानुन विज्ञसँगसमेत सम्मेलनमा  छलफल हुनेछ।सम्मेलबाट आएका सुझावहरू बुँदागत रुपमा उल्लेख गरेर सरकारलाई बुझाइने छ।

विश्वस्वास्थ्य संगठन डव्लुएचओको प्रतिवेदन अनुसार विश्वको हरेक १ सय मानिसहरूमध्ये १५ देखी २० जनामा मानसिक रुोगको असर देखिने गरेको छ। सम्मेलनलाई विराटनगर अस्पताल तथा विराटमेडिक कलेजले सहयोग गरेको मेडिकल कलेजका निर्देशक डा ज्ञानेन्द्रमान सिंह कार्कीले जानकारी दिए। 

प्रकाशित: १४ आश्विन २०७८ १३:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App